चलचित्र बिकास बोर्ड सदस्यमा लोहनी
चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक सन्तोष बाबु लोहनी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट उनलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । उनले सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङबाट बिहीबार नियुक्ति पत्र बुझेका छन् । नवनियुक्त सदस्य लोहनीको कार्यकाल दुई वर्षको रहने छ ।
सदस्यहरु केएल बुढाथोकी र रवि अधिकारीको कार्यकाल अघिल्लो साता सकिएपछि बोर्डमा दुई सदस्य रिक्त थियो । एकमा लोहनी नियुक्त भएपनि अर्को अझै खाली छ । सत्तामा रहेका दुई पार्टी एमाले र कांग्रेस निकट केही चलचित्रकर्मीहरु बोर्ड सदस्य बन्न तिब्र राजनीतिक लबिङमा रहेका छने् । लोहनी सञ्चार मन्त्री गुरुङको गृहजिल्ला लमजुङका चलचित्रकर्मी हुन् । बोर्डका सदस्य राजु खत्री क्षेत्रीको कार्यकाल १८ चैतमा सकिदैछ । त्यसपछि पुनः दुई सदस्य रिक्त रहनेछन् ।
लोहनीले अभिनयबाट आफ्नो कला यात्रा शुरु गरेका थिए । २०४९ सालमा चलचित्र ‘अपमान’मा अभिनय गर्दै करिअर थालेका उनीसँग चलचित्र, टेलि चलचित्रलगायतमा अभिनय, निर्देशन र निर्माणको अनुभव छ । पछिल्लो समय उनले ‘शुभ–लभ’ नामको चलचित्र निर्देशन गरेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
