‘लभ डायरीज’को पोस्टर र रिलिज डेट सार्वजनिक
चलचित्र ‘लभ डायरीज’को पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री रुबीना थापा र अभिनेता सुशील श्रेष्ठको रोमान्टिक अवतार प्रस्तुत गरिएको छ ।
असोज ३ गतेका लागि प्रदर्शन मिति तय गरिएको चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । चलचित्रमा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
विनोद सापकोटाले निर्माण गरेको चलचित्रमा सरोज तुलाधरले साझेदारी गरेका छन् । चलचित्रमा संजय लामाको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलको संगीत रहेको छ ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora