भ्यालेण्टाइन डे को अवसर पारी ‘लभ डायरिज’ प्रदर्शनमा

चलचित्र ‘लभ डायरिज’ प्रदर्शनमा आएको छ । भ्यालेण्टाइन डे को अवसर पारी प्रदर्शनमा आएको चलचित्र लभ स्टोरी जनरको हो ।
सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, रुविना थापा, विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा सञ्जय लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन, मधु बास्तोलाको कथा, निर्देशक चौधरी र बास्तोलाको पटकथा तथा संवाद रहेको छ ।
चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेका हुन् भने सहनिर्माताको रुपमा सरोज तुलाधर रहेका छन् । साहिल खान चलचित्रका एसोसियट निर्देशक हुन् ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi