Mansara

‘लभ स्टेशन’को पोष्टर सार्वजनिक

२०७५ फागुन १८
‘लभ स्टेशन’को पोष्टर सार्वजनिक

चलचित्र ‘लभ स्टेशन’को पोष्टर शुक्रबार रिलिज गरिएको छ । मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई समेट्दै तयार पारिएको ‘क्यारेक्टर इन्ट्रोडक्सन’ युक्त दुई पोष्टर सहित सात पोष्टर सार्वजनिक गरिएको हो ।

चैत २२ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रको पोष्टरमा कलाकारहरु पे्रमिल भावमा देखिएका छन् । सबै पोष्टरको डिजाईन आनन्द महर्जनले गरेका हुन् । उज्ज्वल घिमिरे निर्देशित लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक चलचित्र भएको बताइन्छ ।

गोविन्द शाही प्रस्तुतकर्ता रहेको यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतका कलाकारको अभिनय रहेकोछ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत, अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

Mahajatra