चलचित्र लभ स्टेशनको मुर्हत, मुख्य भुमिकामा प्रदिप र जसिताको जोडी

चलचित्र लभ स्टेशनको शुभमुहुर्त गरिएको छ । सोमबार बिहान पशुपति मन्दिर परिसरमा चलचित्रको मुहुर्त गरिएको हो ।
उज्ज्वल घिमिरेको निर्देशनमा बन्ने चलचित्रको टिमले पशुपतिमा पुजा गर्दै मुर्हत गरेको छ । मुर्हतमा कलाकारहरु प्रदिप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, रश्मी पाण्डे रबी डंगोलका साथै निर्माता गोविन्द शाही उपस्थित थिए ।
यसअघि असोज ५ गतेबाट नै चलचित्रको छायाँकन सुरु गरिने बतायएको थियो । तर, चलचित्र छायाँकन गर्ने भनिएको दार्जलिङ र सिक्किमको मौसम खराब भएको भन्दै एक साता ढिला गरि छायाँकन आरम्भ गर्न लागिएको हो । चलचित्रको छायाँकन शुक्रबारबाट शुरु हुने निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । चलचित्रको छायाँकनका लागि प्राबिधिक टिम मंगलबार र कलाकारको टिम बुधबार दार्जलिङ जानेछन् ।
चलचित्रमा मिस सिलगुढी श्रद्धा क्षेत्री, नायिका निरुता सिंह र कलाकार सरोज खनालको पनि अभिनय रहने जनाइएको छ ।
आलोक शुक्लाको छायाँकन रहने चलचित्र लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । निर्देशक उज्ज्वल घिमिरेकै लेखन रहेको चलचित्र निर्माण टिमले ५० दिनको छायाँकन सेड्युल तय गरेको छ ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri