Mahajatra

‘लभ यु हमेशा’को टिजर सार्वजनिक

२०७६ श्रावन ५
‘लभ यु हमेशा’को टिजर सार्वजनिक

प्रदर्शन मिति परिवर्तन गर्दै चलचित्र ‘लभ यु हमेशा’को टिजर सार्वजनिक गरिएको छ । यस अघि भाद्र ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र अब भने भाद्र २७ बाट प्रदर्शनमा आउने भएको छ ।

भाष्कर प्रधानले निर्देशन गरेको चलचित्रमा यशराज गराच, ऋचा थापा, फिजा योन्जन, शिसिर राणा, गोपाल ढकाल ९छन्दे०, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।

लभस्टोरी कथामा निर्माण भएको चलचित्रमा निर्देशक भास्करकै कथा, शिब ढकालको छायांकन, एनबि महर्जनको द्धन्द्धनिर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ । धर्मा क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा यवन गुरुङ प्स्तुतकर्ता र मिलन गुरुङ सहनिर्माताको रुपमा रहेका छन् ।