‘म यस्तो गीत गाउँछु २’ को शुभमुहूर्त, पल र पूजाको मुख्य भुमिका

लेन्सनेपाल २०७६ आषाढ २४
‘म यस्तो गीत गाउँछु २’ को शुभमुहूर्त, पल र पूजाको मुख्य भुमिका

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को शुभमुर्हूत गरिएको छ । मंगलबार गोरखाको मनकामना मन्दिरमा क्ल्याप पुजा गर्दै शुभमुर्हूत गरिएको हो ।

सुदर्शन थापाको निर्देशन रहने चलचित्रमा पूजा शर्मा र पल शाहको मुख्य भुमिका रहने छ । मनकामना मन्दिरमा पूजा र पलले नै क्ल्याप पुजा गर्दै मुर्हूत गरेका हुन् ।

सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको मुर्हूतसँगै प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । यो चलचित्र फागुन २३ बाट प्रदर्शन हुने छ ।

अशोजदेखि छायाँकनमा जाने चलचित्रका अन्य कलाकार र प्राबिधिकबारे भने केही जानकारी दिइएको छैन । 

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ सन् २०१७को चलचित्र चलचित्र ‘म यस्तो गीत गाउँछु’को सिरिज हो ।