Mansara

‘म यस्तो गीत गाउँछु २’को छायाँकन शुरु

२०७६ भाद्र १६
‘म यस्तो गीत गाउँछु २’को छायाँकन शुरु

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायाँकन आरम्भ गरिएको छ । सोमबार तीजको दिन पारी बुढानिलकण्ठको मिराकी वेलनेस रिसोर्टबाट चलचित्रको छायाँकन थालिएको हो ।

सुदर्शन थापाको निर्देशनमा बन्ने चलचित्रमा सन् २०१७ को चलचित्र ‘म यस्तो गीत गाउँछु’को सिक्वेल हो । चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहनेछ ।

राजधानी र इलाममा छायाँकन हुने चलचित्रमा सौरभ लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, निर्देशक थापाकै कथा, शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथा र शिवमकै संवाद रहेको छ ।

निर्माण टिमले फागुन २३ गतेका लागि प्रदर्शन मिति तय गरेको छ ।

Mahajatra