Missing: Kt Harayeko Suchana
Juna
Rangi

‘म यस्तो गीत गाउँछु २’को दोस्रो गीत सार्वजनिक

२०७६ पौष २६
‘म यस्तो गीत गाउँछु २’को दोस्रो गीत सार्वजनिक

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘दुखको काँडा’ बोलको गीतमा देवल भण्डारीको शब्द, अर्जुन पोखरेलको संगीत र सनिश श्रेष्ठको स्वर रहेको छ । सनिश ‘द भ्वाइस अफ नेपाल – सिजन २’का फाइनल प्रतिष्पर्धी हुन् । गीतमा चलचित्रका मुख्य कलाकार पल शाह र पुजा शर्मालाई फिचर गरिएको छ ।

सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा पुजा र पलसँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथा, सौरभ लामाको छायाँकन, सुदर्शन थापाको कथा, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

फागुन २३ गतेबाट प्रदर्शन हुने चलचित्रलाई पुजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् । चलचित्रका सह निर्माता जन्मजय सपाङ राई हुन् ।

Kumari Bank