कस्तुप पन्तको गीत ‘मगमग बासना’ सार्वजनिक

चर्चित सर्जक कस्तुप पन्तको लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पन्तको शब्द तथा संगीत र बद्री पंगेनी र रचना रिमालको स्वर रहेको छ ।
बिभिन्न बिधाका गीत रचनामा आफुलाई उत्कृष्ट सावित गरेका श्रष्टा पन्तले यसपटक रोमान्टिक शैलीको गीत तयार पारेका हुन् । भावनाको गहिराईमा पुगेर गीतरुपी शब्दको सुन्दर माला बुन्न सफल पन्तले यो गीतमा माया प्रेमबाटै अनन्त यात्रा हुनसक्ने भाव ब्यक्त गरेका छन् ।
प्रशान्त मगरको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा दिनेश पराजुलीको छायांकन र दीपक विष्टको सम्पादन छ । पन्तकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा जुना विश्वकर्मालगायतका कलाकारको अभिनय रहेको छ ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral