‘माग्ने राजा’ बन्दै ‘माग्ने बुढा’

२०८१ मंसिर २७
‘माग्ने राजा’ बन्दै ‘माग्ने बुढा’

ऋषि लामिछानेले आठ वर्ष पछि निर्देशन गर्न लागेको चलचित्रको नाम ‘माग्ने राजा’ राखिएको छ । बिहिबार चलचित्रको शिर्षक पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । 

चलचित्रको शिर्ष भूमिकामा ‘माग्ने बुढा’को नामबाट चर्चित कलाकार केदार घिमिरेलाई अनुबन्धित गरिएको छ । मुनाल घिमिरेको निर्माण रहने चलचित्रलाई सामीप्यराज तिमल्सिनाले लेखेको छन् । 

कमेडी जनराको चलचित्रको छायाँकन फागुन १ गतेबाट सुरु हुने जनाइएको छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रलाई आर.आर. फिल्मस्ले वितरण गर्नेछ ।

Kumari Bank