दिनेश राउतको निर्देशनमा ‘महाभोज’ बन्ने, चर्चित कलाकारको लर्को !
दिनेश राउतको निर्देशन रहने आठौँ चलचित्र ‘महाभोज’को औपचारिक घोषणा गरिएको छ । निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
राउतले दिएको जानकारी अनुसार चलचित्रमा कलाकारको लाइनअप बलियो देखिएको छ । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, कमलमणि नेपाललगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ । यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’ जस्ता चलचित्रहरूको निर्माण गरेका निर्माता हिमाल कडरियाले चलचित्र निर्माण गर्नेछन् । चलचित्रको निर्माणमा कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गरेका छन् ।
राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताएका छन् । “आम मानिसहरूको जीवन र उनीहरूको भरोसाको पक्षमा उभिने र सत्यका लागि लड्ने र अन्यायको विरुद्ध आवाज उठाउने कथा हामीले यस चलचित्रमार्फत प्रस्तुत गर्दैछौँ,” निर्देशक राउतले बताए ।
आगामी माघ १ गतेदेखि छायाङ्कन आरम्भ यस चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । यसअघि ‘गाउँ नै रमाइलो’ नाम राखिएपनि स्कृप्ट फाइनल गर्दै जाँदा कथावस्तुलाई उक्त नामले न्याय नगर्ने भएपछि शीर्षक परिवर्तन गरेर ‘महाभोज’ राखिएको जनाइएको छ ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora