Mahajatra

चलचित्र विकास बोर्डको सदस्यमा महर्जन र दाहाल नियुक्त

२०७५ मंसिर १२
चलचित्र विकास बोर्डको सदस्यमा महर्जन र  दाहाल नियुक्त
नबनियुक्त सदस्यद्वय दाहाल र महर्जन (बाँयाबाट)

चलचित्र विकास बोर्डको सदस्यमा नरेन्द्र महर्जन र दयाराम दाहाल नियुक्त भएका छन । बुधबार संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुलाई सदस्यमा नियुक्त गरेका हुन ।

२ दशक बढी समय चलचित्र क्षेत्रमा बिताएका महर्जन यसअघि पनि बोर्डको सदस्य रहेका थिए । उनी चलचित्र निर्माण, वितरण र प्रदर्शन पेशामा आवद्ध छन् । लेन्स नेपालको रेकर्ड अनुसार महर्जनको नाममा ८ चलचित्र निर्माणको क्रेडिट छ ।

यस्तै सन् १९८८ को चलचित्र लाहुरेमा सहायक निर्देशकको रुपमा काम गरि निर्देशन यात्रा अघि बढाएका दाहल कुशल निर्देशक, लेखक तथा गीतकारका रुपमा परिचित छन् । लेन्स नेपालको रेकर्ड अनुसार दाहालको नाममा ६१ चलचित्रको क्रेडिट छ ।