Mansara

स्वरुप र अन्जुको ‘मैले भुलें’ सार्वजनिक

२०७६ आषाढ १५
स्वरुप र अन्जुको ‘मैले भुलें’ सार्वजनिक

गीतकार तथा मोडल बिकास थापा मगरको जन्मदिनको अवसर पारी ‘मैले भुलें’ बोलको गीत सार्वजनिक भएको छ । स्वरुपराज आचार्य र अन्जु पन्तको स्वर रहेको गीतमा विकास थापा मगरको शव्द र एचबी रसाईलिको संगीत रहेको छ ।

थानेश्वर फिल्मस्को प्रस्तुति रहेको गीतको भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, पवन गौतमको छायााकन र टिबी थापा बराल मगरको सम्पादन रहेको छ । भिडियोमा बर्षा थिङ र बिकास थापा मगरको अभिनय रहेको छ ।