थिम पोस्टर सार्वजनिक गर्दै ‘मैना’ निर्माणको घोषणा
चलचित्र ‘मैना’ निर्माणको घोषणा गरिएको छ । बुधबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । थिम पोस्टरले क्राइम थ्रिलर चलचित्रको संकेत गरेको छ ।
चलचित्रलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय चलचित्र हुनेछ । भट्टराईले यसअघि समर लभ, मारूनी, राजा रानी, सेतो बाघ लागायत दर्जन चलचित्रमा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन् ।
सुस्मिता फिल्मसको प्रस्तुति रहने चलचित्रका निर्माता राजेन्द्र ढकाल (राहुल) र विनिता शर्मा हुन् भने सहनिर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन् ।
भदौबाट छायाँकन हुने चलचित्रलाई गोविन्द मल्लले लेखेका छन् । चलचित्रका कलाकार तथा प्राबिधिकहरु भने सार्वजनिक गरिएको छैन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
