Missing: Kt Harayeko Suchana
Juna
Rangi

चलचित्र ‘मनको बाँध’ निर्माण हुने

२०८१ माघ २१
चलचित्र ‘मनको बाँध’ निर्माण हुने

चलचित्र ‘मनको बाँध’ निर्माण हुने भएको छ । सोमवार चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीले यसै चलचित्रबाट निर्देशनमा डेब्यू गर्ने छन् ।

श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्ने चलचित्रका कलाकार तथा प्राविधिकहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

नेपाल चलचित्र प्राविधिक सङ्घका महासचिव समेत रहेका कार्की नेपाली चलचित्र क्षेत्रमा एक अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन् । उनले ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता चलचित्रहरूमा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका थिए । त्यसै गरी, उनी दुई वर्ष अगाडी रिलिज भएको चलचित्र ‘के घर के डेरा’मा कार्यकारी निर्माताको भूमिकामा थिए, जसको सिक्वेल हाल पोस्ट–प्रोडक्सनमा रहेको छ ।

२०२८ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानले यसै नामको चलचित्र निर्माण गरी २०३० सालमा रिलिज गरेको थियो ।

Kumari Bank