Jwai Sap

पूर्वी नेपालमा ‘मनसरा’को व्यापार उत्कृष्ट

२०८१ बैशाख २१
पूर्वी नेपालमा ‘मनसरा’को व्यापार उत्कृष्ट

चलचित्र ‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको छ । काठमाडौं र पश्चिम नेपालमा पनि राम्रो व्यापार गरेको चलचित्रले पूर्वी नेपालमा भने दर्शकको उच्च साथ पाएको हो ।

शुक्रबार बिहानी शोबाट पूर्वी नेपालका हलमा दर्शकको चाप उच्च देखिएको छ । बिहीबार विराटनगर प्रिमियरमा पुगको चलचित्रको टिमले विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको छ । शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको निर्माण टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौं फर्कने छ ।

शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाज्मा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा हलमा दर्शक भरिभराउ थिए । धरानको हलमा कलाकारलाई देखेपछि उनी सेल्फी खिच्ने दर्शकको भिड लागेको थियो । साथै, दर्शकले चलचित्र उत्कृष्ट बनेको भन्दै प्रशंसा गरेका थिए । सामाजिक कथाको चलचित्रले देशभरका हलमा उच्च शो पाएको छ ।

Aktor