उपेन्द्र सुब्बाको निर्देशनमा शुरु भयो ‘मनसरा’

चलचित्र ‘मनसरा’को छायाङ्कन सुरु गरिएको छ । उपेन्द्र सुब्बाको निर्देशन रहने चलचित्रको छायाँकन सोमबार ललितपुरको नख्खुबाट सुरु गरिएको हो ।
दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने चलचित्र सोसल ड्रामा निर्माण हुन लागेको हो । दयाहाङ यतिबेला चलचित्र ‘डिग्री माइला’को छायाँकनमा ब्यस्त रहेकोले मिरुना मगर र प्रवीण खतिवडा भागको दृष्यबाट छायाँकन थालिएको हो । ललितपुरमा केही दिनको छायाँकन सकेर बाँकी पाँचथरमा छायाङ्कन गरिने जनाइएको छ ।
दुई साताअघि पोस्टर सार्वजनिक गर्दै निर्देशक सुब्बाले चलचित्र प्रदर्शन मिति नयाँ वर्षको वैशाख २१ गतेलाई घोषणा गरेका थिए । मेनुका प्रधानको समेत मुख्य भूमिका रहने चलचित्रका निर्माता शैलैन्द्रध्वज कार्की हुन् ।
कबड्डी फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रलाई एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछ ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi