चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक

चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । हिमाली भेगको प्रेम कथा बोल्ने चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासमा खिचिएको हो ।
खिलबहादुर गुरुङको निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, दिया पुन, बुद्धि तमाङ, निमता घिसिङ, वीरबहादुर लामालगायतका कलाकारको अभिनय रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर हुन् । चलचित्रमा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र शुभ श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् ।
मनास्लु क्षेत्रका रमाइलो दृष्यबिच छायाँकन भएको चलचित्रको टिजरमा सौगात र दीयाको प्रेम र उनीहरुको जीवनमा आइपरेको उत्तार चडावलाई देखाइएको छ । चलचित्रमा साम्तेन भुटियाको पटकथा, शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायाँकन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।
चलचित्रलाई २०७७ को बैशाखमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi