‘मायावी’को पनि अग्रिम टिकट बुकिङ खुल्ला, प्रिमियरमा सुखद प्रतिक्रिया

२०८१ फागुन १३
‘मायावी’को पनि अग्रिम टिकट बुकिङ खुल्ला, प्रिमियरमा सुखद प्रतिक्रिया

चलचित्र ‘मायावी’को पनि अग्रिम टिकट बुकिङ खुलेको छ । शिवरात्रीको अवसरमा बुधबारबाट प्रदर्शन हुने अन्य दुई चलचित्रहरु  ‘फेरी रेशम फिलिली’ र ‘लाज शरणम्’को तुलनामा यो चलचित्रलाई हलहरुले न्यून शो दिएका छन् । यद्यपी प्राप्त शोलाई निराशाजनक भने भनिहाल्न मिल्दैन । क्यूएफएक्स चेन, वान सिनेमाज्, बीग मुभिज, आई एन आई, एफक्यूब लगायतका मल्टिप्लेक्सले चलचित्रको शोज खुलाएका छन् । 

यसैबिच सोमबार साँझ चलचित्र ‘मायावी’को प्रिमियर गरिएको छ । कीर्तिपुर सिनेप्लेक्समा आयोजित प्रिमियरमा चलचित्रकर्मी, पत्रकार तथा अन्य बिशिष्ठ ब्यक्तीत्वहरुले चलचित्र हेरेका छन् ।

प्रिमियरमा महानायक राजेश हमाल, निर्देशक ज्ञानेन्द्र देउजा, पूर्व मिस नेपाल उषा खड्गी, कलाकारहरू सनिसा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाल लगायत पुगेका थिए । यस्तै, चलचित्रका कलाकारहरू दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, सुशील सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, नव–नायक समीम खान पनि पुगेका थिए । नायक पल शाह भने अर्को चलचित्रको छायांकनका क्रममा रोल्पामा रहेकाले उपस्थित हुन नसकेको जानकारी दिइयो ।

लभस्टोरी जनराको यो चलचित्र हेरेपछि अधिकांशले कथावस्तु र प्रस्तुतिले आँखा रसाएको बताए । लभ स्टोरी कथावस्तुमा एउटा मन छुने कथामा चलचित्र बनेको प्रतिक्रिया चलचित्रकर्मीले दिएका छन् ।

Kumari Bank

Latest Updates

New Releases (Falgun 14)

Next Releases (Falgun 23)