चलचित्र ‘मायाबी’को छायांकन समाप्त

२०८० मंसिर १७
चलचित्र ‘मायाबी’को छायांकन समाप्त

चलचित्र ‘मायाबी’को छायांकन सकिएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको करिब २ महिनामा छायाँकन सकिएको हो ।

मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा पल शाह, दीपिका प्रसाँई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजारामपौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको अभिनय रहेको छ ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको छ । चलचित्रमा राजु थापाको डीओपी, एसडी योगीको संगीत र राम अविरलको गीत छ ।