Khusma
Devi
Rawayan

‘बिहे पास’को शीर्ष गीत ‘मायाको बिहे पास’ सार्वजनिक

२०७९ चैत्र २४
‘बिहे पास’को शीर्ष गीत ‘मायाको बिहे पास’ सार्वजनिक

चलचित्र ‘बिहे पास’ को शीर्ष गीत ‘मायाको बिहे पास’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रताप दासको स्वर, बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । 

प्रवेश पौडेलले निर्देशन गरेको चलचित्रको मुख्य बिषय र भाव प्रस्तुत गरिएको गीतमा दयाहाङ राई र प्रकृति श्रेष्ठलगायतका कलाकारलाई देख्न सकिन्छ । 

रोहित कटेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा शिव ढकालको छायाँकन, मित्र गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, रहेको छ ।

बैशाख १ गतेबाट प्रदर्शन हुने चलचित्रका निर्माता रोजन श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन हुन् । चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, बुद्धि तामाङ, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।