‘मीराः स्याडो अफ अ रेन्बो’को पोस्टर सार्वजनिक
नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको छ।
चलचित्रमा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा रहेको छ । पोस्टरमा प्रयोग गरिएको रङ्ग संयोजनले पनि चलचित्रको थिम बताउँछ ।
अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने चलचित्रकी लेखक, निर्देशक तथा प्रमुख अभिनेत्री अनिता पण्डितले बताइन् । केही दिनमा चलचित्रको ट्रेलर रिलिज गर्ने र केही लक्षित दर्शकहरूलाई विशेष प्रिमियर शोहरूको आयोजना गर्ने तयारीमा रहेको उनले बताइन् । हल रिलिजको लागि पनि चलचित्र तयार रहेको बताउँदै अनिताले उपयुक्त मिति हेरी रिलिज गर्ने जनाइन् ।
चलचित्रमा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora