‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’को घोषणा

‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकको रुपमा रहने जानकारी दिइएको छ । दुबै प्रतियोगिताका विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन् ।
त्यस्तै, दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहारहरु पाउने आयोजक मध्येकी एक अभिनेत्री रिमा विश्वकर्माले जानकारी दिएकी छिन ।
दुबै प्रतिष्पर्धाको अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने छ । उद्घाटन कार्यक्रममा सन्दीप क्षेत्री, बाबु बोगटी, दीलिप रायमाझी, सुशील क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अञ्जु पन्तलगायतका कलाकारहरुको उपस्थिति रहने जनाइएको छ । ‘इन्टरनेशनल होम केयर’ का सञ्चालक डिल्ली अधिकारीको आयोजनामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ हुन लागेको हो ।

Latest Updates
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
-
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
-
-
-
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral