Mansara

‘मेरो दिल छ पोखरामा’ पौष ११ मा

२०७६ कार्तिक ६
‘मेरो दिल छ पोखरामा’ पौष ११ मा

चलचित्र ‘मेरो दिल छ पोखरामा’ पौष ११ गतेबाट प्रदर्शन हुने भएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित छ । कला राईको प्रस्तुती रहेको चलचित्रमा राजु पौड्याल, रन्जु रन्जना र रोशन बिसि, दिपक राई, कला राई, गगा कुँवर, लक्ष्मी श्रेष्ठ, हेमलता घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।

बिजि बर्मा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा बिश्वास भण्डारीको सम्पादन, रामकृष्ण कडेलको छायांकन, देव महर्जनको द्वन्द, राजन महर्जनको नृत्य, दिपेन्द्र खड्का र शंकर अधिकारी घायलको शब्द, पुरुषोत्तम न्यौपाने, पुष्कर सुनुवार र शंकर अधिकारी घायलको संगीत, नित्याशिवा, पुरुषोत्तम न्यौपाने, सिडि बिजय अधिकारी र ममता मगरको स्वर रहेको छ ।

Mahajatra