Mahajatra

मिलनको चौथो एल्वम सार्वजनिक, ‘मिलन च्यारिटी फाउण्डेसन’को पनि घोषणा

२०७५ माघ १२
मिलनको चौथो एल्वम सार्वजनिक, ‘मिलन च्यारिटी फाउण्डेसन’को पनि घोषणा

‘सिङ्गिङ फर सोसाइटी’ भन्ने उदेश्य सहित ‘मिलन च्यारिटी फाउण्डेसन’को घोषणा गरिएको छ । गायिका मिलन नेवारले यो फाउण्डेसन सञ्चालन गर्नेछिन । मिलनले आफ्नो सांगीतिक प्रस्तुती र सामाग्रीबाट आउने रकमको केही अंश समाज सेवामा खर्चने उदेश्य सहित फाउण्डेसनको स्थापना गरेको जनाएकी छिन । प्रारम्भिक चरणमा आफ्नो सहायता ‘शहिद स्मृति आवासिय माध्यमिक विद्यालय’ इटहरीमा केन्द्रित रहने मिलने जनाएकी छिन । मिलनले आफ्नो चौँथो एल्बम ‘मिलन यात्रा’ सार्वजनिक कार्यक्रमका बिच फाउण्डेसनको समेत घोषणा गरेकी हुन ।

राजधानीमा आयोजित एक कार्यक्रमका बिच फाउण्डेसन घोषणा सहित सार्वजनिक गरिएको एल्वममा कुल ७ गीत समावेश रहेका छन् । जसमा योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ । माननिय गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका मिलनका माता पिता अम्बिका नेवार र गणेश नेवार लगायतका अतिथिहरुको हातबाट एल्बमको लोकार्पण गरिएको हो ।

सोही कार्यक्रममा मिलनको आगामी एल्वममा समावेश हुने ‘मन रेशम’ बोलको गीत तथा भिडियो समेत सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा पनि उनीहरुले नै अभिनय गरेका छन् । भिडियोमा हरी हुमागाई छायाँकन, विकास दाहालको सम्पादन र राजेश पुमा राईको निर्देशन रहेको छ ।

कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले नेपाली कला र संस्कृतीको क्षेत्रमा प्राप्त उपलब्धीको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् । कला र संकृतीको क्षेत्रमा निश्चित मापदण्ड बनाएर सांकृतिक सभ्यतालाई अर्को उचाईमा पुर्याउनु पर्ने उनको भनाई छ । त्यसका लागि सरकारको तर्फबाट निती नियम तर्जुमा गर्न लागिएको उनले जानकारी दिए । बादल सहित उपस्थित अतिथिहरुले मिलनको एल्वम र फाउण्डेसनको सफलताको कामना गरेका थिए ।