मीनबहादुर भामको ‘अ इयर अफ कोल्ड’लाई ६० हजार डलर सहयोग

लेन्सनेपाल २०७६ जेष्ठ ९
मीनबहादुर भामको ‘अ इयर अफ कोल्ड’लाई ६० हजार डलर सहयोग

मीनबहादुर भामको निर्देशन रहने चलचित्र ‘अ इयर अफ कोल्ड’को स्क्रिप्टले ६० हजार डलर सहयोग जितेको छ । नर्वेजियन साउथ फिल्म फन्ड ९सरफन्ड० बाट उक्त रकम जितेको हो ।

सरफन्डले विश्वभरबाट आएका ५२ स्क्रिप्टमध्येबाट चार कथानक फिल्म र दुई डकुमेन्ट्री गरि उत्कृष्ट छ प्रोजेक्ट छानेको जनाएको छ । भामको निर्देशन रहने ‘अ इयर अफ कोल्ड’ हराएको पतिको खोजीमा निस्किएकी एक गर्भवती महिलाको यात्राको कथामा बन्नेछ । 

सरफन्ड नर्वेजियन फिल्म इन्स्टिच्युटबाट संचालित अन्तराष्ट्रिय सह निर्माण फन्ड हो । ८५ देशका निर्माताहरु सामेल यस फन्डको मुख्य उद्देश्य चलचित्र निर्माणका लागि सहयोग रकम जुटाईदिनु हो ।