थिम पोस्टर सार्वजनिक गर्दै ‘मितज्यू’ निर्माणको घोषणा
बसन्त पञ्चमी अर्थात् सरस्वति पूजाको अवसर पारेर पेन्टिङ्ग थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘मितज्यू’ निर्माणको घोषणा गरिएको छ । पोष्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यान अगाडी हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ । भ्यानको माथी खसी र खसीको टाउकोमा कुखुराको भालेलाई देख्न सकिन्छ ।
२०८२ को चैत्र २७ गतेबाट प्रदर्शनमा आउने जनाइएको चलचित्रमा जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशन रहने छ ।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कलाकार भने सार्वजनिक गरिएको छैन । महेश राईको लेखन रहने चलचित्रको सार्वजनिक पोष्टर नोभिस आर्ट्सका पुष्प आले मगरले पेन्टिङ्ग गरेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
