Missing Movie Online

‘मिसिङः केटी हराएको सूचना’को टिजर, सृष्टिको कब्जामा नाजिर

२०८१ कार्तिक ५
‘मिसिङः केटी हराएको सूचना’को टिजर, सृष्टिको कब्जामा नाजिर

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ । टिजरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा प्रेमका उतारचढाव पनि देखाइएको छ । पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व, र रहस्यलाई विशेष रूपमा समेटेको छ ।

टिजरको अन्त्यमा दर्शकले नाजिरलाई सृष्टिले अपहरण गरेको दृश्य देख्न पाउँछन् । यो दृश्यले पहिलो टिजरको विपरीत परिणाम प्रस्तुत गर्दछ, जहाँ सृष्टिलाई नाजिरले अपहरण गरेको देखाइएको थियो । चलचित्रको अनौठो र रहस्यमय कथावस्तुले दर्शकलाई झन् उत्साहित बनाएको छ, जसले यसलाई प्रतिक्षित चलचित्रमध्ये एक बनाएको छ । नाजिर हुसेन र सृष्टि श्रेष्ठको दमदार अभिनयले दर्शकहरूलाई नयाँ र रोमाञ्चक कथा अनुभव गराउनेछ ।
‘मिसिङः केटी हराएको सूचना’ ले रहस्य र प्रेमको कथा मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

कार्तिक ३० गते रिलिज हुने चलचित्रलाई दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । यसअघि उनले ३२ वर्षअघि डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए । चलचित्रमा नाजिर र सृष्टि सँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाहको विशेष भूमिका छ ।

ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्री सिटी पिक्चर्सको व्यानरमा निर्माण भएको हो । चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर र राजीव कर्णको कोरियोग्राफी छ ।

निर्देशक गौचनकै लेखन रहेको चलचित्रका निर्माता पनि उनै हुन् । नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रका सह–कार्यकारी निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन र चन्द्र भट्टचन, सञ्जय भट्टचन रहेका छन् । यस्तै अमितेष शाह चलचित्रका सह निर्माता हुन् ।

Jwai Sap
Aktor
Kumari Bank