Mahajatra

चलचित्र ‘आधा सुर’ निर्माण हुने

२०७६ श्रावन १५
चलचित्र ‘आधा सुर’ निर्माण हुने

चलचित्र ‘आधा सुर’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माणको औपचारिक घोषणा गरियो गरिएको हो ।

सपनासँग जोडिएको जिन्दगीको कथामा निर्माण हुने चलचित्रको छायाँकन भदौ दोस्रो साताबाट सुरु हुने जनाइएको छ । काठमाडौंमा र पोखरामा छायाँकन हुने चलसिचत्रमा अर्पण थापा, प्रविण खतिवडा, शिशिर बाङ्देल, सरिता गिरी, दीलिप रानाभाट, बविता मल्ल, सुरज विष्ट, सुभांगम पराजुलीलगायतका कलाकारको अभिनय रहनेछ । 

अशिन पौडेलको निर्देशनमा निर्माण हुने चलचित्रका लागि एक अभिनेत्रीको खोजी भइरहेको जनाइएको छ । यसै चलचित्रबाट अशिनले चलचित्र निर्देशनमा डेव्यु गर्दैछन् । क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा सौरभ कार्कीको कथा, सौरभ र अशिनको पटकथा र संवाद, विष्णु घिमिरे ‘कल्पित’को छायाँकन, केशव रानाको सम्पादन र रोशनराज थापाको संगीत रहने छ ।