अनुरागको ‘तिम्रो सुरमा....’ सार्वजनिक
चलचित्र ‘अनुराग’को ‘तिम्रो सुरमा....’ बोलको गीत सार्वजनिक गरिएको छ । सरोज पोखरेलको संगीत, सत्यराज चौलागाईको शब्द तथा प्रताप दासको स्वर रहेको उक्त गीतमा एलिजा गौतम र समुन्द पण्डितलाई फिचर्ड गरिएको छ । गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।
असोज १२ गते रिलिज हुने चलचित्र अनुरागको निर्माण टिम यतिबेला प्रचार प्रसारमा निकै व्यस्त छ । चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुतकर्ता रहेको चलचित्रलाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन । यो उनको डेव्यु चलचित्र हो । निर्देशकको मात्र नभएर मुख्य कलाकार एलिजा र समुन्द्रको पनि यो डेव्यु फिल्म हो । चलचित्रमा एलिजा र समुन्द्र सहित राजाराम पौडेल, सरोज खनाल, रुपा राना, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
एरिका फिल्म्सको ब्यानरमा निर्माण भएको अनुराग सांगीतिक प्रेमकथाको चलचित्र हो । चलचित्रमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद र राम कुमार केसीको छायाँकन रहेको छ ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri