Mansara

चलचित्र ‘विर विक्रम २’ सिक्वेल नभई सिरिज मात्र

२०७५ कार्तिक १५
चलचित्र ‘विर विक्रम २’ सिक्वेल नभई सिरिज मात्र

चलचित्र ‘विर विक्रम २’को निर्माणको घोषणा गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिनेमा आईको संयुक्त व्यानरमा निर्माण हुने यो चलचित्र सन् २०१६ को चलचित्र बिर बिक्रमको सिरिज भए पनि सिक्वेल भने नभएको निर्देशक मिलन चाम्सले बताएका छन् । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा आकाश श्रेष्ठ, वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बुलगायतका कलाकारको अभिनय रहने जनाइएको छ । चलचित्रलाई निर्देशक मिलन चाम्स आफैले निर्माण गर्नेछन् भने अर्पण सापकोटा सहनिर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा रंजित गजमेर, राजनराज सिवाकोटी र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहने छ । कार्तिक २६ गतेबाट छायाँकनमा जाने बताइएको चलचित्रलाई आगामी नयाँ वर्षको अवसरमा प्रदर्शन गरिने जनाइएको छ ।