Jwai Sap
Aktor

चलचित्र हलमा वहार, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सबै अब्बल

२०८१ असोज २९
चलचित्र हलमा वहार, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सबै अब्बल

दशैंको अवसर पारी रिलिज भएका ३ वटै चलचित्रहरु ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले चलचित्र हलमा वहार ल्याएका छन् । उत्साहजनक ब्यापार गरिरहेका ३ वटै चलचित्रले आफुलाई प्राप्त शोजको भरपुर फाइदा उठाएका छन् ।

हलहरुले उपलब्ध गराएको शोजका आधारमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को व्यापार आक्रामक छ भने तुलनात्मक रुपमा ‘ज्वाइँ साब’ले कम शोज प्राप्त गरेपनि पाएका शोजमा दर्शको उपस्थिति उत्साहजनक छ । बलियो माउथ पब्लिसिटीका कारण ‘ज्वाइँ साब’ले पिकअप लिइरहेको देखिन्छ ।

प्रदर्शनमा आएका चलचित्रले दशैंको माहौललाई फिल्मी उत्सव नै बनाएका छन् । पारिवारिक दर्शकहरु ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’मा देखिएका छन् भने ज्यादा मात्रामा युवा पुस्ताका दर्शकहरु ‘१२ गाउँ’मा देखिएका छन् । शहरका हलहरुमा ‘छक्का पञ्जा ५’ हेर्ने दर्शकको ओइरो लागेपनि तराईका बिभिन्न जिल्लाहरुमा भने ‘१२ गाउँ’को दबदबा बढी देखिन्छ ।

दीपाश्री निरौलाद्वारा निर्देशित ‘छक्का पञ्जा ५’ले निकै आक्रामक ब्यापार गरेपनि अघिल्ला सिरिजहरु जस्तो कमेडी पस्कन नसकेको दर्शकहरुको प्रतिक्रिया छ । यद्यपी जुन कथा चलचित्रले पेश गरेको छ त्यसमा अधिकांश दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । यस्तै बिराज भट्ट निर्देशित ‘१२ गाउँ’मा पनि दर्शकको उल्लेखनीय चाप छ । अधिकांश दर्शकहरुले यसका सबै पक्षको तारिफ गरेपनि धेरै दर्शक तथा चलचित्रकर्मीहरुले यो चलचित्रबाट एउटा पुल प्याकेज हिरोको जन्म भएको उल्लेख गरेका छन् । बिराज पुत्र समिर भट्टले यसै चलचित्रबाट डेब्यु गरेका हुन् । डेब्यु चलचित्रबाट नै समिर दर्शकहरुको मन जित्न सफल भए । एक्सन चलचित्रलाई काँधमा बोक्न सक्ने नयाँ पुस्ताको हिरोका रुपमा समेत उनलाई अर्थाउन थालिएको छ । 

वसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’ले कम शो प्राप्त गरेका कारण व्यापार पनि तुलनात्मक रूपमा कम नै देखिन्छ । यद्यपी प्राप्त शोमा दर्शकहरूको उपस्थिति भने निराशाजनक छैन । चलचित्रको कथा र अभिनेता जितु नेपालको अभिनयको धेरैले तारिफ गरेका छन् । कमेडी जनराको चलचित्रमा पनि गम्भिर कथा उठान गर्न सकिने रहेछ भनेर धेरै दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

यता अघिल्लो साताबाट रिलिज भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’को व्यापार समेत राम्रो देखिएको छ । यो साता निकै न्यूज शो पाएपनि प्राप्त शोजमा देखिएको अकुपेन्सी उत्साजनक छ ।

Behuli From Meghauli