लभ स्टेशनमा जसिता र प्रदीपको जोडी, ५ असोजबाट छायाँकन सुरु हुने
चलचित्र लिली विलीको जोडी प्रदीप खड्का र जसिता गुरुङ फेरी जोडी बनेर चलचित्र लभ स्टेशनमार्फत दर्शकमाझ आउने भएका छन् ।
आगामी ५ असोजबाट दार्जिलिङ देखि छायाँकन सुरु गरिने यो चलचित्रको निर्देशन उज्ज्वल घिमिरेले गर्दैछन् । चलचित्रको कलाकार चयनपछि निर्माण पक्षको यसको कलाकार सूची सार्वजनिक गरेको छ ।
चलचित्र लभ स्टेशनमा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायत चयन भएका छन् ।
ठाउँको नामको आधारमा चलचित्रको नाम लभ स्टेशन जुराएको निर्देशक उज्ज्वल घिमिरेले बताए । फिल्मको कथामा प्रदीप र जसिताको जोडी सही भएकाले आफुले फिल्म गर्न तयार भएको पनि उनले बताए । चलचित्रको कथा उज्ज्वलकै हो । यसलाई उनले आफ्नो ड्रिम्स् प्रोजेक्सट भनेका छन् ।
यस्तै अभिनेता प्रदीपले पनि फिल्मको स्क्रिप्ट साह्रै राम्रो पाएको र सिनियर निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा साह्रै खुसी लागेको बताए । यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा केही पृथक लभ स्टेशन बन्ने पनि उनले बताए ।
अभिनेत्री जसिताले पनि उज्ज्वल घिमिरेसँग काम गर्ने चाहना रहेको बताइन । काफिया फिल्म्स्सँग पहिला पनि लिली बिलीमा काम गरेको र यही व्यानर सँगको पूर्व सम्झौता अनुरुप लभस्टेशनमा पनि काम गर्न लागेको उनको भनाई छ ।
यो फिल्मका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । फिल्मी लिली बिली निर्माण गर्दा नै प्रदीप र जसितासँग दुई ओटा सिनेमा निर्माण गर्ने सम्झौता भए बमोजिम लभ स्टेशनमा पनि यी दुईलाई जोडीको रुपमा लिएको शाहीले बताए ।
५ असोजबाट दार्जिलिङमा छायाँकन सुरु हुने लभ स्टेशनको कालिङपोङ, सिक्किम, फिक्कल लगायतका स्थानमा छायाँकन गरिने छ । ४५ दिन छायाँकन अबधि तय गरिएको यो चलचित्र आगामी फागुनको अन्तिम साता प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको छ ।
आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।
लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora