Mansara

परिच्छेदको निर्देशनमा चलचित्र ‘म’ बन्ने

२०७६ श्रावन २०
परिच्छेदको निर्देशनमा चलचित्र ‘म’ बन्ने

चलचित्र सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले चलचित्र निर्माण गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच एकेमेडीको निर्माण रहने चलचित्र ‘म’ निर्माणको औपचारिक घोषणा गरिएको छ ।

परिच्छेद सेनको निर्देशन रहने चलचित्रमा रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गरुङ, विजय लामा, सरिता लामिछाने, अनिल कँडेल, संजोग रसाइली, लगायतका कलाकारहरुको अभिनय रहनेछ । विजय र सरिता बाहेक अन्य कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका तथा प्रशिक्षण लिएका विद्यार्थीहरु हुन् । परिच्छेदले यसै चलचित्रबाट फिचर चलचित्र निर्देशनमा हात डेव्यु गर्दैछन् ।

एकेडेमीकै सिइओ प्रकाश पुरीले तयार पारेका कथामा बन्ने चलचित्रको छायाँकन भदौ पहिलो साताबाट सुरु हुने बताइएको छ । चलचित्रमा तेन्जिन पाल्देनको छायाँकन र जितेन लेप्चाको संगीत रहने छ ।

Mahajatra