Mansara

चलचित्र ‘मदहोस’को गीत ‘माछी जालैमा’ सार्वजनिक

२०७५ पौष १

चलचित्र ‘मदहोस’को ‘माछी जालैमा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा एस.के. अधिकारीको शब्द, सन्तोष प्रगाढको संगीत तथा नित्याशिवा र सन्तोष प्रगाढको आवाज रहेको छ ।

एस.के. अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रमा राजु पौडेल, सन्तोष श्रेष्ठ, सृष्टि भट्टराई, प्रियंका अधिकारि, दिपेन्द्र कोइराला, कशिश दाहाललगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा विक्रम कार्किको छायाँकन, राजु शाहको नृत्य र देव महर्जनको द्धन्द्ध छ । चलचित्रलाई राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यले निर्माण गरेकी हुन ।

Mahajatra