Mansara

चलचित्र ‘षट्कोण’ निर्माणको घोषणा

२०७६ श्रावन २०
चलचित्र ‘षट्कोण’ निर्माणको घोषणा

चलचित्र ‘षट्कोण’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।

मिलन डी काप्रीको निर्देशन रहने चलचित्रमा कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक विराज कडरिया र शिशिर बनेमलगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।

भदौ १८ देखि काठमाडौँ र भीमफेदीमा चलचित्रको छायाँकन गरिने निर्माण पक्षले जनाएको छ । क्लेमेन्टाइन प्रोडक्सन प्रालिको व्यानरमा बन्ने चलचित्रमा शिशिर बनेमको कथारपटकथा, महेश दवाडीको संवाद, आङछेन लामाको छायाँकन, विशेष पाण्डेको ध्वनि संयोजन र मनोजको निर्माण नियन्त्रण रहनेछ ।

Mahajatra