चलचित्र ‘दि कर्मा’ को टिजर सार्वजनिक
चलचित्र ‘दि कर्मा’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा एकपात्रको एङग्री लुक्समात्र देखाइएको छ । चलचित्रमा भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको छ । उनको सुगठित शरीरलाई विशेष ध्यानमा राखेर टिजर तयार गरिएको देखिन्छ ।
चलचित्र मंसिर ७ गतेबाट प्रदर्शन हुने जनाइएको छ । जय राज रायले निर्माण गरेको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको यो चलचित्रलाई रामेश्वर कार्कीले छायाँकन गरेका छन् । चलचित्रमा अष्ट महर्जनको द्वन्द्व छ र रामजी लामिछानेको कोरियोग्राफी छ ।
चलचित्रको कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको चलचित्रको छायाँकन नेपालको तराई क्षेत्रमा भएको हो ।
काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले चलचित्रको वितरण गर्नेछन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora