Mansara

चलचित्र ‘भिलेन’को गीत सार्वजनिक

२०७५ कार्तिक २८

चलचित्र ‘भिलेन’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘च्यानाकुटी झ्याई झ्याई...’ बोलको गीत लोक फ्लेवरको छ । गीतमा एकनारायण भण्डारीको शब्द, लाल कुमार बरालको संगीत, अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर तथा दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको गीतमा कोरियोग्राफी छ ।

पुष २७ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रमा निखिल उप्रेती शिर्ष भूमिकामा छन् । निखिलका अलवा शिल्पा पोखरेल, कपिल खत्री र निशा अधिकारीको पनि मुख्य भुमिका रहेको जनाइएको छ । गीतको अन्त्यमा निखिल उप्रेतिको एक्सन समेत समावेश गरिएको छ । द ग्लोबल पिक्चर प्रा.लि.को ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको चलचित्रलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । देबेन्द्र पाण्डेको निर्देशनमा बनेको चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सहनिर्माता हुन ।

चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा र मदन कस्यप घिमिरेको छायाँकन, बसन्त सापकोटा, बाबुल गिरि र लालकुमार बरालको संगीत र शुक्रराज शाहको द्वन्द्व छ ।