Missing Movie Online

लन्जेटिभीले गर्‍यो वरिष्ठ कलाकार श्रेष्ठलाई निःशुल्क स्वास्थ्य उपचारको घोषणा

२०८१ भाद्र २३
लन्जेटिभीले गर्‍यो वरिष्ठ कलाकार श्रेष्ठलाई निःशुल्क स्वास्थ्य उपचारको घोषणा

ललितपुरको लन्जेटिभी हेल्थ होमले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई आजिवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ । चलचित्र निर्देशक समाजको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको अवसरमा उक्त घोषणा गरिएको हो ।

१०० जनाभन्दा बढी चलचित्रकर्मीहरूको सहभागिता रहेको शिविरमा ५६ जना कलाकर्मीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरका संयोजक नेपाल चलचित्र कलाकार सङ्घका निर्वतमान अध्यक्ष रवीन्द्र खड्काले स्वास्थ्य परीक्षणमा ५ हजारदेखि १५ हजार रुपैयाँसम्मको सेवा निःशुल्क प्रदान गरिएको जानकारी दिए ।

लन्जेटिभी हेल्थ होमले आगामी दुई वर्षसम्म चलचित्रकर्मीहररुलाई २० प्रतिशत छुटको सेवा दिने सम्झौता गरिएको छ।

Jwai Sap
Aktor
Kumari Bank