चलचित्र ‘ममी’को गीत ‘म त यसै नक्कली’ सार्वजनिक

२०८१ पौष २२
चलचित्र ‘ममी’को गीत ‘म त यसै नक्कली’ सार्वजनिक

चलचित्र ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगीको संगीत, हर्क साउदको शब्द रचना, रिकेश गुरुङको संगीत संयोजन र समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको छ ।

गीतको भिडियोमा कलाकारहरु प्रिंयका कार्की र दीया मास्के फिचर्ड छन् । विक्रिम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।      

समर निरौलाको डेव्यु निर्देशकिय चलचित्र हरर फ्यामिली ड्रामा हो । चलचित्रले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथा पेस गर्ने जनाइएको छ ।

माघ २५ गते रिलिज हुने चलचित्रमा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । चलचित्रका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् 

निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा छायाँकन गरेको चलचित्रमा सुरेन महर्जनको सम्पादन, रोहित शाक्यको पाश्र्व ध्वनी र एसडी योगीको संगीत रहेको छ ।

Kumari Bank