नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव जुनमा
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण २०२५ को जुन १९ देखि २२ सम्म अमेरिकाको मेरिल्यान्ड राज्य र वासिङ्टन डिसी महानगर क्षेत्रमा आयोजना हुने भएको छ । महोत्सवका लागि आवेदन खुला गरिएको जानकारी आयोजक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले दिएको छ ।
सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर आयोजना हुँदै आएको यो महोत्सव नेपाली चलचित्र, अमेरिकी फिल्म, दक्षिण एसियाली सिनेमा र अन्य स्वतन्त्र अन्तर्राष्ट्रिय फिल्महरूलाई उच्च प्राथमिकता दिन्छ । महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन लगायत विभिन्न विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् ।
अमेरिकाको डिसी, मेरिल्यान्ड, र भर्जिनिया क्षेत्रका स्थानीय चलचित्रकर्मीहरूलाई प्रोत्साहन गर्न विशेष ‘डीएमभी क्लोजअप’ कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । साथै, ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्रहरू पनि समावेश गरिने आयोजकले जनाएको छ ।
महोत्सवको अवधिमा चलचित्र प्रदर्शन मात्र नभई चलचित्र, संस्कृति, र नयाँ प्रविधि सम्बन्धी प्यानल छलफल र कार्यशाला पनि आयोजना गरिने र हरेक चलचित्र प्रदर्शनपछि निर्देशक, निर्माता तथा कलाकारहरूसँग अन्तरक्रियाका कार्यक्रमहरू हुने आयोजकले बताएको छ ।
आन्तरिक रूपमा गठन गरिएको अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूको समितिले प्रदर्शनका लागि छनोट गरिएका चलचित्रहरूलाई उत्कृष्टता प्रमाणित गर्ने विभिन्न अवार्ड प्रदान गर्नेछन् ।
Latest Updates
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev