चलचित्र ‘नालापानी’ को टिजर सार्वजनिक, भिएफएक्सको अधिक प्रयोग
चलचित्र ‘नालापानी’ को टिजर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच टिजर सार्वजनिक गरेको हो । टिजर हेर्दा चलचित्रमा भिएफएक्सको अधिक प्रयोग गरिएको देखिन्छ ।
नालापानी गढीमा भएको अंग्रेज र नेपाल बिचको युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण गरिएको जनाइएको छ ।
रिमेश अधिकारी निर्देशित चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । चलचित्रलाई मनोज शाक्यले निर्माण गरेका हुन । चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।
बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र बसन्त खत्री मगरले भिएफएक्स गरेको यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् । प्राचार्य रामराजा कुँवर र प्रा. डा. धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ आधारित छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora