चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा
चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा गरिएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्थ्यतामा आइतबार एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । उक्त अवसरमा चलचित्रको मुहूर्त सर्टमा ओलीले एक्सन भनेका थिए भने राप्रपा सांसद ज्ञानेन्द्र शाहीले क्ल्याप, रमेश उप्रेतीले कट र अभिनेता धीरेन शाक्यले अभिनय गरेका थिए ।
एसिड आक्रमण घटनाका पीडितको कथावस्तुमा निर्माण हुन लागेको चलचित्रलाई कलाकार रमित ढुंगानाले निर्माण तथा निर्देशन गर्नेछन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिकामा केमियो रोलमा अभिनय गर्न लागेको जानकारी समेत दिइयो ।
२०७७ असोजमा ओली नेतृत्वको मन्त्रिपरिषद्ले तेजाब आक्रमण गर्नेलाई कडा सजाय हुनेगरी फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधनको प्रस्ताव पास गरेको थियो । चलचित्रको कथाअनुसार सोही सन्दर्भ चित्रण गर्नुपर्ने भएकाले ओली प्रधानमन्त्रीकै रोलमा देखिन लागेको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा तेजाब आक्रमणको घटनाका केही पीडित पनि उपस्थित थिए । कार्यक्रममा ओलीले एसिड आक्रमण गर्नेमाथि कानुनअनुसार कारवाही हुनुपर्ने बताए ।
चलचित्रमा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, रचना गौतम, सिम्रन खड्का, सुप्रज्ञा शर्माको अभिनय रहने छ । निर्देशक ढुङ्गाना पनि बिशेष भूमिकामा देखिने छन् ।
एसिड आक्रमणका घटना भएका ठाउँहरु पोखरा, वीरगञ्ज, रौतहटको चन्द्रपुर, भक्तपुर, बनेपा, नवलपुर र पनौतीमा माघ २५ गतेदेखि चलचित्रको छायाँकन हुनेछ । चलचित्रको पटकथा शिवम् अधिकारीले लेखेका हुन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora