Missing Movie Online

‘रंगी’बाट डेब्यु गर्दै नम्रता श्रेष्ठ

२०८१ भाद्र २८
‘रंगी’बाट डेब्यु गर्दै नम्रता श्रेष्ठ

चलचित्र ‘रंगी’ मा ‘मिस वल्र्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन् । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा नम्रताको ‘डेब्यू’ अभिनय रहनेछ ।

हालै निर्माण पक्षले नम्रतालाई चलचित्रमा अनुबन्ध गरेको हो । नम्रताले चलचित्रको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको बताइन् । 

सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रलाई सुरेश न्यौपानले निर्देशन गर्नेछन् । यसअघि मुख्य सहायक निर्देशनका रुपमा काम गरेका न्यौपानेको यो ‘डेब्यू’ चलचित्र हो ।

सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ । चलचित्रमा सौरभ लामा छायाँकारका रुपमा अनुबन्धित भइसकेका छन् ।

Jwai Sap
Aktor
Kumari Bank