Missing: Kt Harayeko Suchana
Juna
Rangi

‘नम्बरी सुन’को क्यारेक्टरबाट आशावादी नम्रता

२०८१ श्रावन २०
‘नम्बरी सुन’को क्यारेक्टरबाट आशावादी नम्रता

नायिका नम्रता सापकोटा यही साउन २५ गतेबाट रिलिज हुने चलचित्र ‘नम्बरी सुन’मार्फत दर्शकमाझ आउँदैछिन् ।

नम्रताका अनुसार चलचित्र ‘नम्बरी सुन’मा उनी ग्रामीण सोझी युवतीको भूमिकामा छिन् । ‘म खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छु । ऊ एउटा राम्रो परिवारको मुखियाकी छोरी भएर पनि साधारण छे । उसमा घमण्ड छैन । उसको प्रेम आफू भन्दा तल्लो जातको व्यक्तिसँग हुन्छ’, आफ्नो चरित्रबारे नम्रता भन्छिन् ।

आफ्ना हरेक चलचित्रमा फरक फरक चरित्र निभाउन चाहने नम्रता दर्शकले आफूलाई सोही फरक चरित्रमा ‘नम्बरी सुन’मा हेर्न पाउने दाबी गर्छिन् । ‘आफ्नो प्रेम प्राप्तिका लागि मेरो पात्र लड्छे । आफूले माया गरेको प्रेमीका लागि कुन हदसम्म जानसक्छे भन्ने किसिमको चरित्रमा देखिन्छु’, उनी भन्छिन् । उनी अगाडि भन्छिन्, ‘मैले अहिलेसम्म सोझो, बदमास, चुलबुले चरित्र निभाएँ । तर ‘नम्बरी सुन’मा शुद्ध इन्टेन्स लभ देखिन्छ । मैले यो चलचित्रमा धेरै बोल्नु पनि परेको छैन । मेरो एक्सप्रेसिभ क्यारेक्टर छ । भाव नै प्रकट गरेको छु जस्तो लाग्छ’, नम्रता खुल्छिन् ।

उनी दर्शकले आफ्नो लागि भन्दा पनि कथाका लागि ‘नम्बरी सुन’ हेर्नुपर्ने धारणा राख्छिन् । ‘मेरो लागि मात्र चलचित्र हेर्नुपर्छ भन्ने छैन । जुन कुरामा म विश्वास गर्दिनँ । दर्शकसँग समय छ र हलमा गएर आनन्दले चलचित्र हेन चाहनुहुन्छ भने ती दर्शकका लागि ‘नम्बरी सुन’ एउटा राम्रो चलचित्र बनेको छ’, नम्रता भन्छिन्, ‘यसमा विशुद्ध नेपाली अग्र्यानिक कथा छ । गाडी पनि नपुगेको गाउँमा गएर हामीले एक महिना सुटिङ गरेका छौं । त्यो बेलाको यस्तो पनि हुँदो रहेछ भन्ने कुरा थाहा पाउन यो चलचित्र हेर्नुपर्छ ।’

नम्रता चलचित्रका ‘प्रेमी’ गौरव पहाडीको कामबाट प्रभावित रहिछन् । ‘गौरव काममा एकदमै गम्भीर छ । चलचित्रका लागि ऊ एकदमै क्यारेक्टरमा बस्नुपर्ने थियो । म चाहिँ क्यारेक्टरमा बस्नु परेन । मैले गौरव, विनोद न्यौपानेबाट धेरै कुरा सिकें’, उनी भन्छिन् ।

नम्रता ‘नम्बरी सुन’बाट आशावादी सुनिइन् । ‘म हरेक चलचित्रबाट आशावादी हुन्छु । किनभने चलचित्र भनेको कथा मनपरेर काम गर्ने हो । सँगै म आफ्नो क्यारेक्टरलाई मेहनत गरेको हुन्छु । अहिलेसम्म मैले जति चलचित्रमा काम गरें, आफ्नो क्यारेक्टर मनपरेर नै गरेकी हुँ । त्यसकारण पनि ‘नम्बरी सुन’को क्यारेक्टरबाट आशावादी छु’, उनले भनिन् ।

Kumari Bank