Missing: Kt Harayeko Suchana
Juna
Rangi

मिस वर्ल्डको टप ३० मा नम्रता श्रेष्ठ

२०७८ मंसिर २५
मिस वर्ल्डको टप ३० मा नम्रता श्रेष्ठ

नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागी नम्रता श्रेष्ठ प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरेकी छन् । उनले हेड–टु–हेड च्यालेञ्जमा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै उनले ३० मा आफ्नो स्थान बनाएकी हुन् । मिस नेपाल वल्र्डको उपाधि जितेपछि उनले मिस वल्र्डमा सहभागी अवसर पाएकी हुन् । 

अन्तिम ३० मा नेपाल सहित पाराग्वे, क्यामरुन र फिलिपिन्सलगायतका प्रतियोगी प्रवेश गरेका छन् । प्रतियोगितामा नेपालले ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा बिगतका झै उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी राज्य पुएर्तो रिकोमा भइरहेको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम स्पर्धा डिसेम्बर १६ मा आयोजना हुँदैछ ।

Kumari Bank