‘नरसिंहाःअवतार’मा यस्तो देखिए महानायक, जेष्ठ ९ मा रिलिज हुने

पोष्टर सार्वजनिक गर्दै चलचित्र ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्र आगामी वर्षको जेष्ठ ९ गते प्रदर्शन हुनेछ ।
चलचित्रको एउटा पोष्टरमा महानायक राजेश हमाललाई र अर्को पोष्टरमा राज कटुवाललाई प्रस्तुत छ । पृष्ठभूमिमा नरसिंहाको अवतार छ भने हमालले कुनै पात्रको छातीमा टेकेको देखिन्छ । यस्तै राज हतियार सहित आक्रोशित मुद्रामा देखिन्छन् । भूईमा बिभिन्न ब्यक्तिको शव बिच्छाईएको देखिन्छ । चलचित्रको पोष्टर हेर्दा कलाकारहरुको नरसिंहा अवतार देखाइएको बुझ्न सकिन्छ । पोष्टरले चलचित्र एक्सन जनरामा आधारित रहेको बलियो संकेत मिलेको छ ।
चलचित्रमा हमाल र कटुवालसँगै सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेललगायतको अभिनय रहनेछ ।
नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको चलचित्रमा राजु विक्रम थापाको छायाँकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ ।
महानायक हमालले आठ वर्षपछि यसै चलचित्रबाट कमब्याक गरेका हुन् ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi