‘नीरफूल’को ट्रेलर सार्वजनिक
चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । फूलमान वल निर्देशित चलचित्रले भुकम्पबाट बिछोडिएको एक परिवारको कथा भन्छ ।
गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायाँकन गरिएको चलचित्रले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको निर्देशक वलले बताए । चलचित्रमा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतका कलाकारको अभिनय रहेको छ भने
अभिनेत्री रेखा थापा विशेष भुमिकामा छिन् ।
चलचित्रमा निर्देशक वल र सचिन घिमिरेको पटकथा, प्रमोद कार्कीको छायाँकन, अर्जुन पोखरेलको संगीत र निमेष श्रेष्ठको सम्पादन रहेको छ । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको चलचित्रका कार्यकारी निर्माता डोमा सोनाम हुन् । यस्तै निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा र विके श्रेष्ठलगायत छन् ।
चलचित्र चैत्र ७ गतेबाट प्रदर्शनमा आउने छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora