चलचित्र ‘ह्रस्व दीर्घ’मा यस्तो देखिइन नीता
चलचित्र ‘ह्रस्व दीर्घ’बाट अभिनेत्री नीता ढुंगानाको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ ।
सार्वजनिक पोस्टर हेर्दा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई भिन्ना भिन्नै चरित्रमा देख्न सकिन्छ ।
असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय नेपाली चलचित्र हो । उनले यसअघि केही भोजपुरी चलचित्रको निर्देशन गरीसकेका छन् । निर्देशक पन्त नेपाली चलचित्र क्षेत्रमा द्धन्द्व निर्देशकको रुपमा स्थापित छन् ।
चलचित्रमा नेपाली र दक्षिण भारतीय चलचित्रका चर्चित कलाकारहरु नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।
हरिहर अधिकारीको कथा लेखन रहेको चलचित्रलाई भारतीय छायांकार कवीरलालले खिचेका हुन् । चलचित्रको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । चलचित्रमा मित्र डि गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev